२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

भैरहवा विमानस्थल नियमित सञ्चालन गर्न प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल गर्छौंः मन्त्री पाण्डे

shivam cement
मध्यान्ह
२०८२ भदौ ६ गते १५:४७
भैरहवा विमानस्थल नियमित सञ्चालन गर्न प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल गर्छौंः मन्त्री पाण्डे

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भैरहवा विमानस्थल नियमित सञ्चालन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रुटहरुबारे छलफल हुने बताएका छन् ।

शुक्रबारको राष्ट्रिय सभाको बैठकमा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले उडानका लागि नेपालले प्राप्त गर्नुपर्ने रुटका विषयमा छलफल हुने बताए । यस विषयलाई महत्वका साथ भ्रमणमा उठाउने, रुटका बारेमा स्पष्ट हुने गरी वार्ता गर्ने उनको भनाइ छ ।

भैरहवा विमानस्थल र पोखरा विमानस्थल, अन्तर्राष्ट्रिय विमानस्थल र क्षेत्रीय विमानस्थल दुवै विमानस्थल सुचारु गर्नका लागि यो सरकार बनेपछि मन्त्रीपरिषद्ले एउटा कार्ययोजना पास गरेको बताए । विमानस्थललाई चलायमान बनाउन त्यहीँ भिसा सेन्टर, अध्यागमन, श्रम कार्यालय, क्वारेन्टाइन लगायत आवश्यक सबै कुरारुरु उपलब्ध गराउने गरी सरकार अघि बढिरहेको बताए ।

उनले भने, ‘भैरहवा विमानस्थल र पोखरा विमानस्थल, अन्तर्राष्ट्रिय विमानस्थल र क्षेत्रीय विमानस्थल दुवै विमानस्थल सुचारु गर्नका लागि यो सरकार बनेपछि मन्त्रीपरिषद्ले एउटा कार्ययोजना पास गरेको छ । जसको कारणले दुवै विमानस्थललाई चलायमान बनाउने बाटो लिएका छौँ, भिसा सेन्टर त्यहीँ स्थापना हुनुपर्ने, अध्यागमन स्थापना गर्ने, श्रम कार्यालय स्थापना गर्ने, क्वारेन्टाइन त्यहीँ राख्ने, स्वास्थ्य परीक्षणका लागि आवश्यक कुरा लिएर जाने, म्यानपावर कम्पनीहरुलाई पनि आकर्षित गर्ने, सरकारले दिने विभिन्न खालका छुटहरु, फ्युलमा छुट, ति दुई विमानस्थल का हकमा दुई वर्षका लागि टिकटमा लाग्ने भ्याटमा छुट लगायतका विभिन्न सहुलियतका कार्यक्रमहरु प्याकेजमै मन्त्रीपरिषद्को निर्णयअनुसार लिएर गएका छौँ । यो विषयमा अर्थमन्त्रीज्युसँग पनि छलफल भएको छ । प्रधानमन्त्रीज्युको भारत भ्रमणको पूर्वसन्ध्यामा हामीले प्राप्त गर्नुपर्ने रुटका विषयमा, बाहिर र भित्र आवागमन दुवैका लागि रुटहरु आवश्यक पर्दछ ।  केबल सिमरानेरको रुटमात्रै आउने जाने छ । यो विषयलाई महत्वका साथ भ्रमणमा उठाउने, रुटका बारेमा स्पष्ट हुने । काठमाडौं नआइकनै मानिसहरु विमानस्थलमा उत्रिने, उड्ने र भैरहवा विमानस्थललाई संसारभरका बुद्ध धर्मावलम्वीहरुलाई काठमाडौं नआइकनै आउन, जानसक्ने व्यवस्था मिलाउने गरी काम गरिरहेका छौँ ।’
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise