२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

'लिपुलेक व्यापार सम्झौताको समस्या सरकारले कूटनीतिक पहलको माध्यमबाट समाधान गरोस्'

shivam cement
मध्यान्ह
२०८२ भदौ ६ गते १४:२७
'लिपुलेक व्यापार सम्झौताको समस्या सरकारले कूटनीतिक पहलको माध्यमबाट समाधान गरोस्'

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणका अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिए ।

उनले सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूहभन्दा माथि उठेर राष्ट्रिय स्वाभिमान र एकताका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । उनले प्रधानमन्त्रीको आसन्न भ्रमणका क्रममा दुई देशका प्रमुखसँग आफ्नो स्ट्यान्ड स्पष्टसँग राख्न आग्रह गरे ।

उनले तीब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै त्यसबारे समेत दुई देशबीच आपसी सहकार्य र समन्वय हुनुपर्ने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise