२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

पालिकास्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

shivam cement
सन्तोष पौडेल
२०८२ भदौ ५ गते २१:२२
पालिकास्तरीय नीति संवाद कार्यक्रम सम्पन्न

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा लैंगिक समानता, सामाजिक समावेशीकरण तथा अपांगता सम्बन्धी नीतिगत व्यवस्था विषयक पालिकास्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ ।

युके इन्टरनेशनल डेभलपमेन्ट र युके विमेनको आर्थिक सहयोगमा सञ्चालित साहस परियोजना अन्तर्गत थारु महिला उत्थान केन्द्रले उक्त नीति संवाद कार्यक्रमको आयोजना गरेको हो ।

संवाद कार्यक्रममा लैंगिक समानता, सामाजिक समावेशीकरण तथा अपांगता भएका व्यक्तिहरूका हकअधिकार सुनिश्चित गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर छलफल भएको थियो ।

साथै गाउँपालिकामा मौजुदा ऐन, नीति, कार्यविधि, रणनीतिक योजना, निर्देशिका, मार्गदर्शन, नियमावली, मापदण्ड तथा आचारसंहिताको पुनरावलोकनसमेत गरिएको थियो ।

सहभागीहरूले विपन्न महिला, जनजाति, दलित, मुस्लिम, मधेसी, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, एकल महिला, द्वन्द्वपीडित तथा सीमान्तकृत समुदायलाई लक्षित गरी नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष जमानसिंह के.सी.ले लैंगिक समानता, सामाजिक समावेशीकरण तथा अपांगता भएका व्यक्तिहरूका हकअधिकार सुनिश्चित गर्न छिट्टै नीति निर्माण गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।

संवादमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सबै ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्य, विषयगत शाखाका प्रमुख, नागरिक समाजका प्रतिनिधि, सामाजिक अगुवाहरू, महिला तथा फरक क्षमता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise