२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

पहिराले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेन

shivam cement
मध्यान्ह
२०८२ भदौ ५ गते १५:०९
पहिराले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेन

चौताराः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेको छैन ।

बर्खा लागेयता पटकपटक पहिरो पन्छाएर राजमार्गमा यातायात सञ्चालन गरिँदै आइएको थियो ।  सोदिनको पानीले राजमार्गभन्दा माथि रहेको बस्ती नै जोखिममा पर्ने भएपछि हाल राजमार्ग पूर्ण रूपमा बन्द भएको हो ।

सडक नखुल्दा दसैँ र तिहार लक्षित सामग्री संघीय राजधानी काठमाडौं ल्याउन पाइएको छैन । सडक बन्द भएपछि करिब एक हजार ७०० कन्टेनर तातोपानी क्षेत्र चिनियाँ भू-भागमा रोकिँदा व्यापारी समस्यामा परेका छन् । तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएकाले बाटो दसैँअघि खुल्छ भन्न सकिने अवस्था नरहेको जानकारी दिए । उनकाअनुसार अहिले तातोपानी क्षेत्रमा मात्रै करिब एक हजार सामान लोड गरेका कन्टेनर छन् ।

हिमालय सिमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए । उनी भन्छन्, ‘दसैँतिहारलाई आयात गरेको सामान दसैँपछि आएर कुनै फाइदा छैन । तातोपानी नाकाको जम्मा ३० मिटर पहिरो हो जसरी पनि हटाएर राजमार्ग खुलाउनुपर्छ ।’ चीनबाट विशेषगरी विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक वस्तु र लत्ताकपडाजस्ता वस्तु आयात हुने गरेको छ । चीनबाट आउने वस्तु विशेषगरी दसैँ–तिहारलाई आवश्यक पर्ने वस्तु हुन् ।  

दसैँ–तिहारदेखि चिसोलाई आवश्यक पर्ने लत्ताकपडा खरिद गर्न अहिले धेरै व्यापारी चीन पुगेका छन् । तर, छिटो र सस्तोमा सामान आयात हुने उत्तरी नाका बाढीपहिरोका कारण एक महिनादेखि बन्द भएपछि व्यापारी चिन्तित बनेका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise