२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदा नेपालमा शिक्षाको स्तर झनै खस्किन्छः सांसद जैसवाल

Nada
२०८२ भदौ ५ गते ११:४७
Shares
निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदा नेपालमा शिक्षाको स्तर झनै खस्किन्छः सांसद जैसवाल

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुराले नेपालमा शिक्षाको स्तर झनै खस्किने बताएकी छन् ।

ncell

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले कम्पनी एक्टअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई गैरनाफामूलक कुरा सही नभएको बताइन्। उनले निजी विद्यालयहरुले नाफा नै नकमाउने हो भने अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्ने जिकिर गरिन् । 

उनले भनिन्, ‘निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुरा छ, यसमा के भन्छु भनेँ निजी विद्यालय भन्ने बित्तिकै कम्पनी एक्टअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई कसरी गैरनाफामूलक बनाउने हुनसक्छ रु जब निजी स्कुलहरुले लगानी गरेर, लोन लिएर, जग्गा बेचेर एउटा बिजनेसको तवरमा लगिरहेको छ भने त्यसको पार्ट अफ द प्रफिट त आउनुपर्‍यो । नत्र सञ्चालन कसरी गर्ने रु अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन त्यसअनुसारकै भौतिक संरचना, करिकुलमहरु हुनुपर्छ । नाफा कमाएनन् भने त्यस स्तरको शिक्षा दिन पनि गाह्रो हुन्छ ।’

सांसद जैसवालले शिक्षा सेवामुलक मात्रै हुनुपर्ने भन्नेकुरा सही नभएको बताइन् । 

ताजा खबर

सम्बन्धित खबर