२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमै स्पष्ट लेखौँः सांसद शर्मा

Nada
२०८२ भदौ ५ गते ११:३६
Shares
प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमै स्पष्ट लेखौँः सांसद शर्मा

काठमाडौंः नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमा स्पष्ट रुपमा लेखिनुपर्ने बताएकी छन् ।

ncell

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । बुधबार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल भएको हो ।

उनले प्रधानाध्यापकको विषय प्रदेशमा राखेर छनौट गर्नेकुरा राम्रो भएको पनि बताइन् । विधेयकमा नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सबैभन्दा माथिल्लो तहका कर्मचारीले पाउने सेवा सुविधा सरहको सुविधा प्रधानाध्यापकले पाउने भनेर विधेयकमा उल्लेख गरिनुपर्ने बताइन् । 

उनले भनिन्, ‘प्रधानाध्यापकको जुन विषय छ । यसलाई प्रदेशको डालोमा हामीले हाल्यौँ । प्रदेशबाट छनौट गर्ने, शिक्षक सेवा आयोगले परीक्षा लिएर शिक्षकहरुको उम्मेदवारको सूचि तयार गर्ने, स्थानीय तहले वितरण गर्ने भन्नेकुरा ठिक छ । हुँदाहुँदै पनि प्रधानाध्यापकको थप सेवा सुविधा उल्लेख गर्न सकेनौँ । यसमा हामीले तोकेबमोजिम हुनेछ त भन्यौँ । तर तोकेबमोजिम हुनेछ भन्दा तीन सय, पाँच सय रुपैयाँ दिएर प्रधानाध्यापकलाई जसरी ब्युटिफुल बनाउन खोज्दैछौँ, त्यो उद्देश्य हाम्रो पूर्ति हुँदैन । यति पैसा भनेर त विधेयमा नलेखिएला तर पनि यो खालको सुविधा दिइनेछ भनेर लेख्न सकिन्छ । प्रधानाध्यापकमा रहुन्जेल नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सबैभन्दा माथिल्लो तह कुन हो रु त्यो तहको सेवा सुविधा दिइनेछ भन्ने विषय भएपनि कतै उल्लेख गर्नुपर्छ ।’

सांसद शर्माले प्रधानाध्यापकलाई महासंघमा आवद्ध हुन नदिने कुरा गरेको कुरा राम्रो भएको पनि बताइन् ।  

ताजा खबर

सम्बन्धित खबर