२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

धर्म र संस्कृतिको संरक्षण सबैको साझा जिम्मेवारी : मुख्यमन्त्री आचार्य

Nada
सूर्यप्रसाद भुसाल
२०८२ भदौ ४ गते २०:२९
Shares
धर्म र संस्कृतिको संरक्षण सबैको साझा जिम्मेवारी : मुख्यमन्त्री आचार्य

भालुवाङ : दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धर्म र संस्कृतिमा विचलन आए विकृति र विसंगति भित्रने भएकाले यसप्रकारका प्रवृत्तिको अन्त्य सबैको साझा जिम्मेवारी रहेको बताएका छन् । 

ncell

हरितालिका तिज पर्वको पूर्वसन्ध्यामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)ले आयोजना गरेको तिज मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पुर्खाले जसरी पर्वहरु मनाउँदै आएका थिए, त्यसैगरी वर्तमान समयमा पनि चाडपर्वलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे ।

उनले भने,‘धर्म र संस्कृतिले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । व्यक्तिलाई अनुशासनमा राख्न पनि यसको विशेष योगदान छ । धर्म र संस्कृतिमा विचलन आए विकृति र विसंगति भित्रन्छ । त्यसैले यसको संरक्षण, सम्वद्र्धन र प्रवर्धन गर्नु सबैको साझा जिम्मेवारी हो ।’

अहिले तिजलाई विभिन्न नाममा विकृत बनाउने काम भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्तो प्रवृत्ति संस्कृतिमाथि धावा बोल्ने कार्य भएको टिप्पणी गरे । 

कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारीले चाडपर्वले सामाजिक मूल्य–मान्यतालाई जीवन्त राख्न मद्दत गर्ने भएकाले संस्कृतिको वास्तविक मर्म जोगाउनु जरुरी रहेको बताए ।

प्रदेश सचिव ईश्वरराज पौडेलले राज्यको समावेशी नीतिका कारण निजामती सेवामा महिला कर्मचारीहरूको उल्लेख्य सहभागिता बढेको बताए ।

त्यस्तै, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले तिजलाई ऊर्जाशील पर्वको रूपमा लिने गरिएको उल्लेख गर्दै भनिन्, ‘यस पर्वले मानसिक स्वास्थ्यलाई टेवा पुर्‍याउँछ । तिजले ऊर्जाशील विचार ल्याउँछ । सांस्कृतिक र सामाजिक क्रियाकलापले पुस्तान्तरणमा सहयोग गर्छ । आत्मीय भावनाको विकास गराउँछ ।’

ताजा खबर

सम्बन्धित खबर