२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको प्रस्ताव- 'सामाजिक सुरक्षा भत्ता गरिबलाई मात्रै दिउँ'

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते १५:००
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको प्रस्ताव- 'सामाजिक सुरक्षा भत्ता गरिबलाई मात्रै दिउँ'

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले गरिबीको रेखामुनी रहेकालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने प्रस्ताव राखेका छन् ।

बुधबार बसेको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् । उनले हाल वितरण गरिरहेको तरिकाले सामाजिक सुरक्षा भत्ता दिँदा नेपालको आर्थिक स्थितिले धान्न नसक्ने बताए ।

उनले उच्च पदस्थ व्यक्ति र उनीहरुका परिवारलाई सामाजिक सुरक्षा भत्ता किन चाहियो ? भन्दै प्रश्न समेत गरे । विश्वको तेस्रो ठुलो अर्थतन्त्र हुन लागेको छिमेकी देश भारतले समेत मासिक ५ सय रुपैयाँ सामाजिक भत्ता दिने गरेको उनको भनाइ छ ।

नेपालमा भने राजनितिक दलहरुले आफ्नो फाइदाका लागि समाजिक सुरक्षा भत्ता वृद्धिमा प्रतिस्पर्धा गर्ने गरेको उनले बताए । उनले समाजिक सुरक्षा भत्ता ४ हजार रुपैयाँको सट्टामा ६ हजार रुपैयाँ दिन पनि सकिने उल्लेख गर्दै तर उक्त भत्ता गरिबीको रेखामुनी रहेका २० प्रतिशत जनतालाई मात्रै दिनुपर्ने बताए ।

उनले नेपाल सरकारको बजेट र आर्थिक स्थितिले सामाजिक सुरक्षा धान्न मुस्किल पर्ने बताए । हाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपांगता, लोपोन्मुख जाति, बाल पोषण भत्तालगायतका शीर्षकमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise