२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छ : अर्थ समिति सभापति चालिसे

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते १४:३१
पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छ : अर्थ समिति सभापति चालिसे

का७माडौं : अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानुनहरुमाथि प्रश्न उठाएका छन् ।

अहिलेका कानुनहरु थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताएका हुन् । बुधबारको अर्थसमितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे ।

उनले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत बताए । उनले त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे । 

बुधबारको अर्थसमिति बैठकले वैकल्पिक वित्तसम्बन्धी विधेयकलाई सर्वसम्मति रूपमा पारित गरेको छ । उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले प्रस्तुत गर्नेछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise