२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय होइनः सञ्चारमन्त्री गुरुङ

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते १४:२६
अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय होइनः सञ्चारमन्त्री गुरुङ

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय नभएको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एकथरी मानिसहरु अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेको भन्दै अहिले विद्रोह गर्ने समय नभएको बताए । उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको बताए ।

राष्ट्रपतीय प्रणालीमा जाँदा प्रतिनिधित्वका लागि ठाउँ कम हुने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको उनको भनाइ छ । अहिलेको शासन प्रणालीबाट आदिवासी जनजातिहरुले लाभ लिन सक्नुपर्ने बताए । समतामुलक, समावेशी समाज निर्माण गर्न जरुरी रहेको बताए ।

मन्त्री गुरुङले भने, ‘हाम्रो प्रयास फ्रान्सको जस्तो प्रणालीमा जाऔँ न त दुनियाँमा एउटा राष्ट्रपतीय शासन प्रणाली र अर्को संसदीय शासन प्रणाली हो । हाम्रो शासन प्रणाली हाम्रो लागि परिवर्तन भएको हो की होइन ? त्यसबाट धेरै लाभ लिनुपर्छ । एकथरी मानिसहरु अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेकै देखिन्छ । आज राज्यको विरुद्धमा विद्रोह गर्ने समय होइन । हाम्रो जे व्यवस्था प्राप्त गरेका छौँ, यसको अधिकतम उपयोग गरेर समतामुलक समाज निर्माण गर्नुपर्छ । समावेशी समाज निर्माण गर्नुपर्छ । समावेशी विकास गर्नुपर्छ ।’

मन्त्री गुरुङले आदिवासी जनजातिको छुट्टै मन्त्रालय हुनुपर्छ भनेर माग गरिरहेको भन्दै आज आदिवासी जनजाति प्रतिष्ठानका लागि केही बजेट छुट्याउन पनि हड्डिमा गिद्ध र कुकुर जस्तो झुन्डिनु परिरहेको बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise