२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

फिलिपिन्सका राष्ट्रपतिसमक्ष राजदूत डा. तिम्सिनाले पेस गरे ओहदाको प्रमाणपत्र

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते १२:०३
फिलिपिन्सका राष्ट्रपतिसमक्ष राजदूत डा. तिम्सिनाले पेस गरे ओहदाको प्रमाणपत्र

मलेसिया : मलेसियाका लागि नेपालका राजदूत डा. नेत्र प्रसाद तिम्सिनाले फिलिपिन्स गणराज्यका राष्ट्रपति महामहिम फर्डिनान्ड आर.मार्कोस जुनियर समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राजदूत डा. तिम्सिनाले भदौ ३ गते फिलिपिन्सको राजधानी मनिलास्थित मालाकानङ दरबारमा आयोजित विशेष समारोहमार्फत गैरआवासीय राजदूत (असाधारण तथा पूर्णाधिकारी) को रूपमा प्रमाणपत्र बुझाएका हुन् ।

समारोहमा राजदूतसँगै उनकी श्रीमती मीरा भट्टराई तथा नेपाली दूतावासका काउन्सिलर/उप-प्रमुख मुदिता बज्राचार्यको पनि उपस्थिति थियो । त्यस्तै, फिलिपिन्स परराष्ट्र विभागकी सचिव महामहिम मारिया थेरेसा पी. लाजारो तथा राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूसमेत सहभागी थिए ।

प्रमाणपत्र बुझाउने क्रममा राजदूतले नेपालको माननीय राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट राष्ट्रपति मार्कोस जुनियरको सुस्वास्थ्य, खुसी र निरन्तर प्रगतिका साथै फिलिपिन्स जनताको समृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए । साथै उनले नेपाल–फिलिपिन्स सम्बन्धलाई व्यापार तथा लगानी, कृषि, पर्यटन र विपद् व्यवस्थापनका क्षेत्रमा अझ मजबुत बनाउन सकिने विश्वास व्यक्त गरेका थिए ।

समारोहपछि राजदूत डा. तिम्सिनाले फिलिपिन्सका राष्ट्रिय नायक डा. जोस रिजालको स्मारकमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सोही दिन अस्ट्रेलिया, इजरायल र माल्दिभ्स गणतन्त्रका राजदूतहरूले पनि आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए । नेपाल र फिलिपिन्सबीच सन् १९६० फेब्रुअरी १२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise