२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

एनआरएनए १२औं महाधिवेशनका लागि मूल आयोजक समिति गठन 

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते ०९:३७
एनआरएनए १२औं महाधिवेशनका लागि मूल आयोजक समिति गठन 

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरिएको छ । संघको १२औं महाधिवेशन आगामी असोज २५ देखि २७ गते  तदनुसार अक्टोबर ११ देखि १३ तारिखसम्म काठमाडौंमा हुने कार्यक्रम तय भएको छ ।

संघको हालै सम्पन्न पदाधिकारी बैठकले अध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिको सल्लाहकारमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, निवर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्षहरू जीवा लामिछाने र भवन भट्ट समावेश गरिएको संघले जनाएको छ ।

यसैबिच एनआरएनएको आगामी महाधिवेशनमा उम्मेदवार बन्नेहरूको लागि उम्मेदवारी शुल्क पनि तोकिएको छ । पदाधिकारी बैठकले अध्यक्ष पदको उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ र उपाध्यक्ष पदको लागि ३ लाख ५० हजार कायम गरेको हो । 

संघले ११ औं महाधिवेशनमा तोकिएको शुल्कलाई यथावत् राख्दै सबै पदमा उम्मेदवारी शुल्क अनिवार्य गरेको छ । तर महिला र युवा पदमा भने विशेष छुट दिइएको  बताइएको छ ।

युवा तथा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी शुल्क १ लाख ७५ हजार रुपैयाँ मात्र तोकिएको छ भने महासचिव पदमा ३ लाख, उपमहासचिव पदमा २ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । सचिव र कोषाध्यक्षको लागि २ लाख ५० हजार, महिला सचिवका लागि १ लाख २५ हजार, सहकोषाध्यक्षको लागि २ लाख, महिला सहकोषाध्यक्षको लागि १ लाख  शुल्क रहेको छ । 

त्यस्तै महिला र युवा संयोजकका लागि ८७ हजार ५ सय, क्षेत्रीय संयोजकका लागि १ लाख ७५ हजार, महिला र युवा क्षेत्रीय संयोजकका लागि ६२ हजार ५ सय, क्षेत्रीय उपसंयोजकका लागि १ लाख २५ हजार, महिला र युवा क्षेत्रीय उपसंयोजकका लागि ५० हजार शुल्क तोकिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise