२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

पाँचपोखरी थाङ्पालमा ८४ फिट अग्लो बुद्धको प्रतिमा

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते ०८:२७
पाँचपोखरी थाङ्पालमा ८४ फिट अग्लो बुद्धको प्रतिमा

काठमाडौँ : सिन्धुपाल्चोकको पाँच पोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ ।

पाँच पोखरी थाङ्पालमा गाउँपालिका-७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माण भइरहेको उक्त प्रतिमा धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको गाउँपालिका अध्यक्ष टाशी लामाले बताए । 

पालिकाले गौरवको योजनाका रूपमा प्रतिमा निर्माण चार वर्षदेखि सुरु गरेको हो । “प्रतिमा निर्माण एउटै ढुंगाबाट भइरहेको छ, हाल बुद्धको शिर निर्माण सकिएको छ”, उनले भने ।

अध्यक्ष लामाका अनुसार उक्त परियोजनाको अनुमानित लागत रु. तीन करोड छ भने आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा निर्माण भइरहेको उनले जानकारी दिए ।

“सामान्यतया प्रतिमा निर्माण  ढुंगाका टुक्रा जोडेर  निर्माण गरिन्छ, तर हामीले एउटै ढुंगाबाट प्रतिमा निर्माण गरिरहेका छौँ”, उनले भने । यहाँको धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीयको आर्थिक समृद्धिमा टेवा पुर्‍याउन र पाँच पोखरी थाङ्पाललाई आध्यात्मिक भूमि र अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजनाअघि सारेको उनको भनाइ छ । अध्यक्ष लामाले प्रतिमा निर्माणमा आर्थिक सहयोग गर्नेहरूको नाम शिलामा लेखिने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise