२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

५० वर्षपछि पाए काभ्रेका भुम्लुवासीले लालपुर्जा

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते ०७:३२
५० वर्षपछि पाए काभ्रेका भुम्लुवासीले लालपुर्जा

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडावासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपुर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मंगलवार लालपुर्जा वितरण सुरु गरेका हुन् ।

विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपुर्जाको पखाईमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । मंगलवार वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । 

यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले विसं २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोलीले काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकको सांसद एवं तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले विसं २०७६ मसिंर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको शुभारम्भ गरेका थिए ।

कार्यालयका अनुसार हाल दुई वडाको ४५० वटा लालपुर्जा बनेको छ भने सोही हाराहारीको संख्यामा छानबिन गरी लालपुर्जा बनाउन बाँकी छ । कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नं ७ मा ३०० र वडा ८ मा ६०० लालपुर्जा बनाउनुपर्ने देखिएको जानकारी दिए ।

साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो । तत्कालीन समयमा खेतियोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि विवाद भएको थियो । विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण काम हुन सकेको थिएन । विसं २०३५ मा पनि काम हुन नभएपछि स्थानीयले जग्गाको लालपुर्जा पाउन सकेका थिएनन् । 

ADV

सम्बन्धित खबर

Advertise