२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

झापामा महिलाको जलेर मृत्यु

Nada
२०८२ भदौ ३ गते १२:१९
Shares
झापामा महिलाको जलेर मृत्यु

झापाः आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी झापाकी एक महिलाको मृत्यु भएको छ । 

ncell

यहाँस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाकाअनुसार घरमा एक्लै भएका बेला सोमबार दिउँसो पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी दमक नगरपालिका–१ भानु चोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभाको आज बिहान मृत्यु भएको हो ।

दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा त्यहाँ उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउँदा निजको मृत्यु भएको हो । श्रीमानसँग मनमुटाव भएपछि निजले आत्मदाहको प्रयास गरेको आशङ्का प्रहरीको छ ।  

ताजा खबर

सम्बन्धित खबर