२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

प्रचलित कानुनबमोजिम मात्रै विज्ञापन गर्न बोर्डद्वारा क्यानलाई सचेत

Nada
२०८२ भदौ ३ गते ०८:३५
Shares
प्रचलित कानुनबमोजिम मात्रै विज्ञापन गर्न बोर्डद्वारा क्यानलाई सचेत

काठमाडौँ : विज्ञापन बोर्डले प्रचलित ऐन, कानुन, नियम विपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट संघ (क्यान)लाई सचेत गराएको छ ।

ncell

क्यानले गत मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपिएल)का खेलहरू ‘फस्र्ट सेञ्चुरी मिडिया’ नामक विदेशी कम्पनीमार्फत स्टार स्पोटर्स च्यानलबाट विज्ञापनसहित प्रसारण गरेको, जुवा खेलाउने विभिन्न साइटलगातमा ब्याटिङ गराएको भन्ने उजुरपछि बोर्डले उक्त निर्णय गरेको हो ।

बोर्डको गत साउन २१ र २९ को बैठकबाट निर्णय भएकाले विज्ञापन नियमन गर्ने नियमावलीबमोजिम सूचना प्रकाशित गरिएको बोर्डका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

नेपाल क्रिकेट संघले बोर्डका विभिन्न मितिका पत्रको जवाफ पेस नगरेको र कार्य व्यस्तताका कारण पत्रहरूको जवाफ पेस गर्न नसकिएको भन्दै पेस गरेको जवाफ चित्तबुझ्दो नभएको पाएको उनले बताइन् । बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्ने, विज्ञापन प्रचलित ऐन तथा नियम विपरीत विज्ञापन नगर्न सचेत गराइएको छ ।

बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको तथा प्रचलित कानुन विपरीतका विज्ञापन प्रदर्शन गरेको एजेन्सीलाई रु. १० हजार जरिवाना गर्ने, तीन महिनासम्म विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञापन वा सूचना प्रकाशन वा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाउने र उक्त अवधिसम्म उक्त एजेन्सीलाई बोर्डमा सूचीकरणसमेत नगर्ने निर्णय गरेको छ ।

बोर्डले ब्राण्ड डिजिटल लजिक प्राली, ललितपुर र टिसिएम स्पोर्टस एण्ड मार्केटिङ प्राली टंगाल, काठमाडौँसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न/नगराउने सबै विज्ञापनदाता तथा सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर