२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

स्रोत साझेदारी प्रभावकारी बनाउन कार्यशाला

shivam cement
सन्तोष पौडेल
२०८२ भदौ २ गते २१:१२
स्रोत साझेदारी प्रभावकारी बनाउन कार्यशाला

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा स्रोत साझेदारीलाई प्रभावकारी बनाउन सामुदायिक वन उपभोक्ता समूहहरूसहितका स्थानीय समूहहरूको क्षमता अभिवृद्धिका लागि कार्यशालाको आयोजना गरिएको छ ।

गेरुवा गाउँपालिकाको समन्वयमा, प्लान इन्टरनेशनल नेपाल र वि–ग्रुपको साझेदारीमा सञ्चालित विपद् पूर्वतयारी, उत्थानशीलता तथा सवलीकरण (प्रयास) परियोजना अन्तर्गत उक्त कार्यशाला सम्पन्न भएको हो ।

परियोजना फोकल पर्सन लक्ष्मी प्रसाद शर्माका अनुसार कार्यशालाको उद्देश्य विपद् पूर्वतयारीमा क्षमता विकास गर्नु, समुदायको उत्थानशीलता बढाउनु, स्रोत साझेदारीमा सहभागिता र सहकार्य प्रवद्र्धन गर्नु, सबलीकरण तथा नेतृत्व विकास गर्नु, योजना निर्माण र संस्थागत दिगोपनामा स्रोत साझेदारीलाई समाहित गर्नु तथा व्यावहारिक अभ्यास र अनुभव आदान–प्रदान गर्नु रहेको थियो । 

गाउँपालिकाका छवटै वडाका विभिन्न वन उपभोक्ता समूह तथा समितिका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको कार्यशालाको सहजीकरण बलराम सिग्देलले गरेका थिए ।

सहभागीहरूलाई समुदायस्तरमा जोखिमका संकेतक पहिचान गर्ने, स्रोतहरूको साझा प्रयोग तथा दिगो व्यवस्थापनमा सहयोग पुग्ने विषयमा अभिमुखीकरण गरिएको थियो । यसका माध्यमबाट स्थानीय समूहहरूले सामूहिक निर्णय प्रक्रियामा सक्रिय सहभागिता जनाउने, स्रोत परिचालनमा सहजता ल्याउने र विपद् जोखिम न्यूनीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise