२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

दोर्दी खोलामा एक युवक बेपत्ता

shivam cement
मध्यान्ह
२०८२ भदौ २ गते १८:२९
दोर्दी खोलामा एक युवक बेपत्ता

लमजुङः यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक युवक बेपत्ता भएका छन् । लमजुङ दोर्दी गाउँपालिका–३ स्थित दोर्दी खोलामा चितवनको कालिका नगरपालिका–१० का १९ वर्षीय उत्तरकुमार प्रजा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहका अनुसार बेपत्ता युवक सोही स्थान नजिकैको उत्तरदेवी कृषि तथा पशु फार्ममा काम गर्दै आएका थिए । 

अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise