२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

विद्यालय शिक्षा विधेयक ५ भदौमा पास गर्ने समितिको तयारी

shivam cement
मध्यान्ह
२०८२ भदौ २ गते १८:०२
विद्यालय शिक्षा विधेयक ५ भदौमा पास गर्ने समितिको तयारी

काठमाडौंः विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरुलाई दुई दिनको समय दिइएको छ ।

समितिको सोमवारको बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरुलाई वितरण गर्दै दुई दिन अध्ययनको लागि समय दिइएको हो ।

विधेयकमा यसअघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ ।

सांसदहरुले अनिवार्य शिक्षा ऐनमा व्यवस्था भएनअनुरुप कम्तिमा पनि दश प्रतिशत छात्रवृत्ति दिनुपर्ने धारणा राखेपछि उक्त विषयमा समेत सहमति जुट्न सकेन । विधेयकको प्रतिवेदनलाई पास गर्नेगरी ५ भदौमा समितिको बैठक बोलाइएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise