साउदी : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबले कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका नेपाली श्रमिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । संघले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
संघले विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीलाई स्थानीय कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ । विशेषगरी साउदी अरबमा कार्यरत नेपालीलाई कानुन विपरीत गतिविधिबाट टाढा रहन सचेत गराइएको छ ।
यस्ता गैरकानुनी कार्यहरूले व्यक्तिगत सुरक्षासँगै सम्पूर्ण नेपाली समुदायको छविमा नकारात्मक असर पार्ने भएकाले सबैले जिम्मेवार भएर आचरण गर्न आवश्यक रहेको एनआरएनए साउदीले उल्लेख गरेको छ ।