२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

आदर्श सौलः माविमा 'विद्यालयमा कुलपति' कार्यक्रम सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ भदौ २ गते ११:५२
आदर्श सौलः माविमा 'विद्यालयमा कुलपति' कार्यक्रम सम्पन्न

ललितपुर : ललितपुरको बुङ्गमतीस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयमा नेपाल प्रज्ञा प्रतिष्ठानको 'विद्यालयमा कुलपति' कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका कुलपति भूपाल राईले विद्यार्थी नै साहित्यिक सिर्जनाको प्रारम्भिक आधार भएको बताउँदै कविता, कथा, गीत, नाटक, उपन्यास जस्ता विधामा अहिलेबाटै कलम चलाउन थाले भविष्यमा मुलुकको भाषा, साहित्य र संस्कृतिमा उल्लेखनीय योगदान दिन सक्ने धारणा व्यक्त गरे ।

राईले साहित्यलाई ध्यान जस्तै साधना भएको उल्लेख गर्दै पोएट थेरापी र म्युजिक थेरापीको सन्दर्भसमेत प्रस्तुत गरे । उनले विद्यालयको शैक्षिक गुणस्तर र उल्लेखनीय योगदानको प्रशंसा गर्दै विद्यार्थी, शिक्षक, अभिभावकको ठूलो सहभागिता दुर्लभ रहेको बताए ।

No description available.

कार्यक्रमका विशिष्ट अतिथि सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले 'विद्यालयमा कुलपति' अभियानले प्रज्ञा प्रतिष्ठानलाई विद्यालयसँग प्रत्यक्ष जोड्न मद्दत गर्ने बताउँदै पाठ्यपुस्तक लेखक र रचनाकारलाई विद्यार्थीले चिन्नुपर्ने आवश्यकता औंल्याए ।

त्यसैगरी प्राज्ञसभा सदस्य चेतनाथ धमलाले विद्यालयलाई निरन्तर साहित्यिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्न सुझाव दिँदै कार्यक्रमले विद्यार्थीलाई साहित्य लेखनमा प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक ज्ञानभक्त महर्जनले कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकलाई भाषा, साहित्य, संस्कृति र कलातर्फ थप प्रेरित बनाएको बताउँदै आफ्नो कविता 'म' वाचन गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यार्थीहरूले समेत आफ्ना सिर्जनात्मक कविता प्रस्तुत गरेका थिए । दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयलाई स्थानीय समुदायले गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा लिएको बताइएको छ ।

No description available.

ADV

सम्बन्धित खबर

Advertise