काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका विदेशसचिवले देउवा निवास बुढानीलकण्ठ पुगेर उनलाई भेट गरेका हुन् ।
भेटमा पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित निकट र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको देउवाले फेसबुकमार्फत जानकारी दिएका छन् ।