काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका विदेशसचिवले अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेर उनलाई भेट गरेका हुन् ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।