२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

'संविधानलाई आधार मानेर दिगो विकासको लक्ष्यतर्फ अघि बढ्नु आजको आवश्यकता'

shivam cement
मध्यान्ह
२०८२ साउन ३० गते १३:००
'संविधानलाई आधार मानेर दिगो विकासको लक्ष्यतर्फ अघि बढ्नु आजको आवश्यकता'

काठमाडौं : नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले संविधानलाई आधार मानेर दिगो विकासको लक्ष्यतर्फ अघि बढ्नु आजको आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल सम्भावनाको भण्डार भएको भन्दै कृषि, पर्यटन र शिक्षा जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनको जोड छ ।

उनले सन् २०१६ देखि लागू भएको दिगो विकास लक्ष्य र २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ७०औं महासभाले तय गरेका २३० एजेण्डा नेपालको विकासको मुख्य मार्गदर्शक हुनुपर्ने बताए । उनले पार्टीगतभन्दा पनि राष्ट्रको हितका आधारमा सबै दलहरु एक ठाउँमा उभिनु आजको आवश्यकता रहेको बताए ।

उनले भने, ‘२०७२ सालको संविधानको जगमा टेकेर अहिले विकास गर्ने हामीलाई ठुलो अवसर मिलेको छ । नेपाल एउटा त्यस्तो देश हो जहाँ सम्भावनाका धेरै भण्डारहरु छन् । अहिले हामी जुन अवस्थामा आइसकेका छौं । यसलाई हामीले अब विश्वको साझा विकासको साझा दस्तावेजको रुपमा सन् २०१६ देखि सुरु भएको दिगो विकासको लक्ष्य बनेको छ र २५ सेप्टेम्भर २०१५ को संयुक्त राष्ट्र संघको ७०औं महासभाले हाम्रो विश्वको रुपान्तरण दिगो विकासका लागि २३० एजेण्डा तय गरेको यस लक्ष्यको हस्ताक्षरकर्ता नेपाल पनि भएकोले यही दस्तावेजले औंल्याएका तथ्य हाम्रो विकासका मुल आधारहरु हुन् । त्यसैले नेपालको विकासका लागि हाम्रा महत्वपूर्ण कुराहरु कृषि, पर्यटन, शिक्षा जस्ता महत्वपूर्ण विषयहरुमा विषेश ध्यान दिएर अगाडि बढ्नुपर्ने छ । को कम्युनिष्ट, को काँग्रेस भन्दा पनि सबै मिलेर अगाडि बढ्न सके मात्र मुलुकको समृद्धि सम्भव छ ।’

उनले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सबै दलहरुले नकारात्मकता छोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise