२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

डोको, थुन्से र ढाकर बेचेर पाँच सदस्यीय परिवारको भरणपोषण

shivam cement
मध्यान्ह
२०८२ साउन ३० गते ०८:४२
डोको, थुन्से र ढाकर बेचेर पाँच सदस्यीय परिवारको भरणपोषण

म्याग्दी : बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउछन् । बाँसका वस्तु बनाउन सिपालु कालीगढ  उनले आफ्ना उत्पादन बेचेर मासिक रु १२ हजार आर्जन गर्दै आएका छन् । आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ । 

उन्नाइस वर्षको उमेरदेखि  बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन्। डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ । “अझै  जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने ।

विपन्न परिवारका परियारले काम नगरे  साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उनी गर्वका साथ सुनाउछन् । “विगतमा बजारमा बेच्न जानुपथ्र्यो अहिले घरमै ग्राहक आउँछन्,” उनले भने । परियारले डोको बुनेर नै छोराछोरीलाई पढाए, बिहेबारी गराए । 

परियारले दैनिक पाँच वटासम्म डोका बुन्ने गर्छन् ।  एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise