२०८२ साउन २९ गते बिहिवार / Aug 14 , 2025 , Thursday
२०८२ साउन २९ गते बिहिवार
Ads

प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयोः अध्यक्ष दाहाल

shivam cement
मध्यान्ह
२०८२ साउन २९ गते १६:३९
प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयोः अध्यक्ष दाहाल


काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको उनको आरोप छ । आफू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियाली रहेको र आफूले सदनमा बोलेको भन्दा फरक नरहेको बताए । 

उनले भने, ‘गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ । उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ । टियु मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ । त्यो बेठिक छ ।’
 

ADV

सम्बन्धित खबर

Advertise