२०८२ साउन २९ गते बिहिवार / Aug 14 , 2025 , Thursday
२०८२ साउन २९ गते बिहिवार
Ads

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना 

shivam cement
मध्यान्ह
२०८२ साउन २९ गते ०७:१९
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौँ : मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ ।

जसको प्रभावले देशभर पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू-भागमा साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise