२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाड्न आदेश

Nada
२०८२ साउन २८ गते १९:०२
Shares
चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं : चक्रे मिलन भनेर चिनिने मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

ncell

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो ।

गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

त्यस्तै निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीको हकमा १० हजार रुपैयाँ धरौटी माग भएको हो।

ताजा खबर

सम्बन्धित खबर