२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते १०:५७
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

पर्सा : पर्सामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा अधिक दर्ता भएका पाइएको छ । पर्सा जिल्ला अदालतका अनुसार गत आर्थिक वर्षमा पर्सामा तीन सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । 

दर्ता भएका मुद्दामध्ये दुई सय ६४ सम्बन्धविच्छेदका मुद्दा फर्छ्योट भएका छन् । गत आवमा सम्बन्धविच्छेदका ७९ वटा मुद्दा फर्छ्योट हुन बाँकी छन् । 

जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवका अनुसार  जिल्लामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा धेरै दर्ता भएका छन् । घरेलु हिंसाका मुद्दा स्थानीय तहको न्यायिक समिति, प्रहरीलगायत निकायमा पनि मेलमिलाप हुने भएकालेसमय सम्बन्धविच्छेदका मुद्दा बढेका हुन् । वैदेशिक रोजगारीलाई पनि सम्बन्धविच्छेदको प्रमुख कारण मानिएको छ । 

जिल्ला अदालतका अनुसार गत आवमा ९५ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएकामा ५३ मुद्दा फर्छ्योट  भएका छन् । बयालीस वटा मुद्दा भने फर्छ्योट हुन बाँकी छन् । गत आवमा पर्सामा जबर्जस्ती करणीका ९८ वटा मुद्दा दर्ता भएकामा ५६ वटा मुद्दा फर्छ्योट भएका छन् भने ४२ वटा  फर्छ्योट हुन बाँकी छन् । 

ADV

सम्बन्धित खबर

Advertise