२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

‘पर्यावरण संरक्षणमा हात्ती अनिवार्य’

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते ०९:२२
‘पर्यावरण संरक्षणमा हात्ती अनिवार्य’

चितवन : पर्यावरण संरक्षणमा हात्तीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तिनको संरक्षणमा लाग्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

चौधौँ अन्तरराष्ट्रिय हात्ती दिवसका अवसरमा सौराहामा आयोजित भएको हात्ती वनभोज कार्यक्रमका उनीहरूले हात्ती संरक्षण नगरी पर्यावरण संरक्षण नहुने बताएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले हात्तीबिना संरक्षणको कल्पना गर्न नसकिने बताए। उनले भने, “हात्तीलाई संरक्षण गरेर मात्र वन र वन्यजन्तुको संरक्षण गर्न सकिन्छ । हात्ती बुद्धिमान् जनावर भएकाले यसको संरक्षण जरुरी छ । ”

वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठले हात्ती संरक्षणका  समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । वन क्षेत्र र वन्यजन्तु संरक्षणमा हात्तीले खेल्ने भूमिका कसैले पनि भुल्न नहुने उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise