२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

अन्तर्राष्ट्रिय युवा दिवस : युनिभर्सल पिस फेडरेसनद्वारा युवाहरूलाई सम्मान

shivam cement
मध्यान्ह
२०८२ साउन २७ गते २१:४०
अन्तर्राष्ट्रिय युवा दिवस : युनिभर्सल पिस फेडरेसनद्वारा युवाहरूलाई सम्मान

काठमाडौं : अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा युनिभर्सल पिस फेडरेसन नेपालले‘लोकल यूथ एक्सन फर द एसडीजीएस एण्ड वियोन्ड’भन्ने  नाराका साथ काठमाडौंमा एक कार्यक्रम सम्पन्न गरेको छ । 

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा संविधानसभा सदस्य मिलन राजबंशीको स्वागत मन्तव्यपछि भिडियो प्रस्तुति र अन्तर्राष्ट्रिय प्रतिनिधि रिचेल जालिपाले विशेष सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रमुख वक्ता काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र सांसद शिशिर खनालले युवाद्वारा सञ्चालित शान्ति, विकास र दिगोपनाका पहलहरूको आवश्यकता र प्रभावबारे धारणा राखेका थिए । 

दोस्रो चरणमा सांसद तथा पूर्वशान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालबाट ‘एम्बेसडर फर पिस’  अवार्ड प्रदान गरिएको थियो । 

सो अवसरमा कला, संस्कृति, स्वास्थ्य, खेलकुद र सामुदायिक नेतृत्वमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानित गरिएको थियो ।

No description available.

सम्मान प्राप्त गर्नेहरूमा संगीतकार तथा निर्देशक दीपक शर्मा, गीतकार बसन्त बित्यासी थापा, गायिका निशा देशार, सह–प्राध्यापक तथा हड्डी–मेरुदण्ड विशेषज्ञ डा. सुभाषचन्द्र झा, नृत्याङ्गना/मोडेल/अभिनेत्री तथा टिभी प्रस्तोता कविता नेपाली, चिकित्सक तथा स्वास्थ्य व्यवस्थापन विशेषज्ञ डा.राम थापा क्षेत्री, संगीतकार/गायक/एरेन्जर सञ्जय खड्गी (सञ्जित), अभिनेता तथा मोडेल सुरज गराच ‘स्राज’, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल ट्रेजरर कुलराज थापा, व्यवसायी कृष्णराज पोखरेल, इन्जिनियर प्रसिद्ध खरेल र फिटनेस ट्रेनर तथा बडीबिल्डर रजनी श्रेष्ठ रहेका छन् । 

सम्मानपछि वरिष्ठ गायक तथा ‘मेलोडी किङ’ आनन्दा कार्कीले मन्तव्य राखेका थिए भने गायिका निशा देशारले विशेष संगीत प्रस्तुति दिएकी थिइन् । 

कार्यक्रमको सञ्चालन प्रकाश थापाले गरेका थिए भने अन्त्यमा यूपीएफ–नेपालका अध्यक्ष तथा एशिया प्यासिफिकका उपाध्यक्ष सन्तोष कुमार पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । आयोजकका अनुसार यस कार्यक्रमले युवालाई शान्ति, विकास र सकारात्मक परिवर्तनका लागि प्रेरित गरेको छ ।

कार्यक्रममा वक्ताहरूले दिगो विकास लक्ष्य हासिल गर्न युवाको नेतृत्व र सक्रियताको महत्वमा जोड दिएका थिए ।

No description available.

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise