काठमाडौं : यूएईको दुबइस्थित योर्क इन्टर्नेशनल होटलले नेपाली कन्सर्ट आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०७६ को अवसरमा योर्क होटलले कन्सर्ट आयोजना गर्न लागेको हो । कन्सर्ट अप्रिल १९ तारिख अर्थात २०७६ वैशाख ६ गते हुने आयोजक मध्येका एक रबिन थापाले जानकारी दिएका छन् ।
नेपालका चर्चित गायक सुगम पोखरेल, भरत सिटौला, प्रनिल तिमिल्सिना, गायीका रक्षा श्रेष्ठ, सन्जना श्रेष्ठ र नेपाल आइडल सिजन १ का फर्स्ट रनरअप निशान भट्टराईले कन्सर्टमा प्रस्तुती दिने थापाले बताएका छन् ।
कन्सर्ट वैशाख ६ गते दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म हुने बताइएको छ । त्यसैगरी कन्सर्टमा सहभागी हुनका लागि दर्शकहरुले प्रत्यके व्यक्ति १०० रुपैयाँको टिकट काट्नु पर्ने आयोजकले जनाएको छ । आयोजकमा थापा विनोद सेट्टी डेनिस धमला र बिजय विष्ट रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies