२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

साउदी अरबमा मनाइयो ३१औं विश्व आदिवासी दिवस

shivam cement
अन्जान गुभाजु
२०८२ साउन २५ गते २२:२१
साउदी अरबमा मनाइयो ३१औं विश्व आदिवासी दिवस

दम्माम, साउदी अरब : नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबको आयोजनामा यस वर्षको ३१औं विश्व आदिवासी दिवस भव्यतापूर्वक सम्पन्न भएको छ ।

महासंघमा आबद्ध जातीय संस्थाहरूको सक्रिय सहभागितामा आयोजित यस कार्यक्रमले ‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट्रसंघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’भन्ने मूल नारालाई अगाडि सारेको थियो । 

No description available.

महासंघका अध्यक्ष खेम गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास रियादका पूर्वी क्षेत्र जनसम्पर्क अधिकारी नारायण पासवान थिए । यसैगरी, विशिष्ट अतिथिमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन दूत राजेन्द्र अर्याल र नेपाल आदिवासी जनजाति महासंघका प्रमुख संरक्षक ओम घलेको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल वायुसेवा निगमका कन्ट्री म्यानेजर अञ्जु शर्मा, महासंघका संरक्षक प्रसाद यावा लिम्बु, र महासंघका प्रमुख सल्लाहकार बिरेन्द्र कुमार चौधरीलगायत अतिथिहरू सहभागी थिए । महासंघका उपाध्यक्ष विजय लामाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सबै जातिहरूको संयुक्त झाँकी निकालिएको थियो । 

No description available.

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासंघका कोषाध्यक्ष चित्र चामलिङ राईले गरेका थिए । 
कार्यक्रममा सभापति खेम गुरुङले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रमको समापन गरेका थिए । 

No description available.

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक के.बी. कौउचा मगर र सह–संयोजक कुमार लामाको संयोजनमा सम्पन्न भएको थियो । सांस्कृतिक कार्यक्रमले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो । 

No description available.No description available.

No description available.

No description available.

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise