२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

आजको मौसम : कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा

shivam cement
मध्यान्ह
२०८२ साउन २५ गते ०९:३७
आजको मौसम : कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा

काठमाडौँ : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना  छ ।

त्यसैगरी, आज राति देशभर साधरणतया बदली रहनेछ । मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise