२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

वाइसीएल नेपाल रोल्पाले गर्‍यो जलजलामा प्राथमिक उपचार सेवा  

shivam cement
सुर्य प्रकाश बुढा मगर
२०८२ साउन २५ गते ०९:३१
वाइसीएल नेपाल रोल्पाले गर्‍यो जलजलामा प्राथमिक उपचार सेवा  

रोल्पा : योंग कम्युनिस्ट लिग(वाइसीएल)नेपाल रोल्पाले जलजलामा प्राथमिक उपचार सेवा प्रदान गरेको छ । जलजलामा साउने पूर्णिमामा पूजा गर्न आएका भक्तजन र पर्यटकलाई लक्षित गरी साउन २३ र २४ गते प्राथमिक उपचार सेवा प्रदान गरेको हो ।

"श्रम तथा उत्पादन अभियान"भन्ने मूल धेयका साथ  पर्यटन प्रवर्द्धनका लागि रोल्पा जलजलामा वाइसीएल सहायता कक्ष प्राथमिक उपचार सञ्चालन गरिएको वाइसीएल नेपाल रोल्पाले जानकारी दिएको छ । 

जलजला आएका भक्तजन तथा पर्यटकले वाइसीएल रोल्पाको सहायता कक्ष प्राथमिक उपचार सेवाबाट १ सय १३ जनाले औषधि लिनुका साथै धेरैले अक्सिजन र प्रेसर चेक गराएको वाइसीएल नेपाल रोल्पाका उपाध्यक्ष हिमाल रसाइलीले जानकारी दिए । 

वाइसीएल नेपालका केन्द्रीय सचिव विशाल बुढा ,केन्द्रीय सदस्य दिपेन्द्र घर्ती, वाइसीएल नेपाल रोल्पाका अध्यक्ष मिलन पुन, रोल्पा इन्चार्ज विजय बुढा, वाइसीएल नेपाल लुम्बिनी प्रदेशका कोषाध्यक्ष गोविन्द ओली, लुम्बिनी वाइसीएल सदस्य रामकिलाल झाक्री मगर, थबाङ गाउँपालिका वाइसीएल नेपाल फ्याक्सन इन्चार्ज तथा पार्टी सहसचिव खेम बुढा, स्वास्थ्यकर्मी द्वय हिमाल पुन मगर र सत्य नारायण बुढा मगर प्राथमिकता उपचारमा खटिएका थिए । 

थबाङ गाउँपालिका वाइसीएल नेपालका अध्यक्ष धिरेन्द्र बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, थबाङ गाउँपालिकाका पदाधिकारी तथा सदस्य र वडा पदाधिकारी तथा सदस्यलगायत वाइसीएल समर्थक गरी करिब ७० जनाले जलजला परिसर वरिपरि सरसफाईसमेत गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise