२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

उद्योग समितिका तीन अनुगमन प्रतिवेदन सर्वसम्मतिले पारित

shivam cement
२०८२ साउन २३ गते १६:१४
Shares
उद्योग समितिका तीन अनुगमन प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौंः प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिबाट भएका तीन वटा स्थलगत अनुगमनका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले तीन वटा अनुगमन प्रतिवेदन पारित गरेको हो । समिति सभापति अब्दुल खानकाअनुसार झापा, उदयपुर, सुनसरी र मोरङमा गरिएको अनुगमनको प्रतिवेदन, स्पञ्ज आइरन, बिलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरुको अध्ययन उपसमितिको प्रतिवेदन र मकवानपुर, बारा र पर्सा जिल्लाका उद्योगहरु तथा भन्सार कार्यालयहरुको स्थलगत अनुगमन सम्बन्धी प्रतिवेदन पारित गरेको हो ।

बैठकले समितिले यसअघि गरेका निर्णय तथा सरोकारवालाहरुलाई दिएको निर्देशक कार्यान्वयनको अवस्थाबारे समिक्षा गर्ने निर्णय पनि गरेको छ । समितिले सरकार र सरोकारवाला निकायलाई दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे सम्बन्धीत निकायसँग छलफल र समिक्षा गर्ने भएको हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर