२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

भदौ दोस्रो साताबाट आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

Nada
२०८२ साउन २२ गते १९:१५
Shares
भदौ दोस्रो साताबाट आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं : विद्यालय शिक्षा ऐन समयमै जारी नभएको भन्दै नेपाल शिक्षक महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ।

ncell

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार काठमाडौंमा बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गर्न ‘आन्दोलन परिचालन समिति’ बनाउने निर्णय गरेको छ । आन्दोलन कार्यक्रम राष्ट्रिय समितिको बैठकबाट पारित गरिनेछ । सो बैठक भदौ ३ र ४ गतेका लागि बोलाइएको छ ।

सरकारले असार १५ भित्र ऐन टुंगो लगाउने प्रतिबद्धता जनाए पनि प्रक्रिया अघि नबढेपछि महासंघले असन्तुष्टि जनाएको हो । सरकारसँग भएको सहमतिअनुसार विधेयक नआएकाले बाध्य भएर आन्दोलनमा जान लागिएको सुवेदीले बताए ।

उनका अनुसार शिक्षा समितिमा विधेयक के अवस्थामा छ भन्ने जानकारी नहुँदा प्रतिनिधिसभामा दर्ता भएपछि मात्र मूल्यांकन गरिनेछ ।

यसैबीच, प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले शिक्षक बढुवासम्बन्धी नयाँ प्रस्तावहरू पारित गरेको छ ।

महासंघले यसअघि चैत २० देखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर