२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

Nada
२०८१ साउन १ गते १३:२४
Shares
पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

सङ्खुवासभा : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । 

ncell

पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले  जानकारी दिए । 

पहिरोसँगै खसेको विशाल ढुंगाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । 

ढुंगाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । 

ताजा खबर

सम्बन्धित खबर