२०८२ साउन १४ गते बुधवार / Jul 30 , 2025 , Wednesday
२०८२ साउन १४ गते बुधवार
Ads

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्ज्वल चालिसे नियुक्त

shivam cement
मध्यान्ह
२०८२ साउन १३ गते १९:३४
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्ज्वल चालिसे नियुक्त

काठमाडौं : भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्ज्वल चालिसे नियुक्त भएका छन् । गत सोमबारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

उनी यसअघि अस्पतालमा आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकको भूमिकामा कार्यरत थिए ।

निमित्त निर्देशकका रूपमा कार्यरत रहँदा डा. चालिसेले अस्पतालको प्रशासनिक व्यवस्थापन, प्रविधिको आधुनिकीकरण, सेवा विस्तार, तथा जनमुखी स्वास्थ्य कार्यक्रमहरूमा उल्लेखनीय पहल गरेका थिए ।

अस्पतालमा संस्थागत सुशासनलाई सुदृढ बनाउँदै उनले नेतृत्वमा पारदर्शिता र उत्तरदायित्वको संस्कृति विकास गरेका थिए ।

डा. चालिसेको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पतालले हालै एण्डोस्कोपी, सिस्टोस्कोपी, न्यूरो माइक्रोस्कोप र सी–आर्म जस्ता अत्याधुनिक सेवा सुरु गरेको छ । 

पेट, मुत्रथैली तथा मस्तिष्क ट्युमरका जटिल अवस्थाको निदान तथा उपचारमा यी सेवाले प्रभावकारी सहयोग गर्ने विश्वास लिइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise