२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

भोजपुरमा त्रिविको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

Nada
दिपेन्द्र लुईंटेल
२०८१ असार ३१ गते १३:१३
Shares
भोजपुरमा त्रिविको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

भोजपुर : त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसको ६५औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल भोजपुरका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।

ncell

सोमबार अस्पतालमा रहेका बिरामीहरूलाई शीघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरिएको क्याम्पस प्रमुख भुलनाथ राईले जानकारी दिए । उनले स्थापना दिवसकै अवसरमा सोमबार नै क्याम्पसमा नवनिर्मीत प्रशिक्षण भवन उद्घाटन तथा क्याम्पस परिसरमा वृक्षारोपण गर्ने कार्यक्रम तय भएको बताए ।

फलफूल वितरण कार्यक्रम क्याम्पसस्थित प्राध्यापक संघ, स्ववियु, क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर