रुपन्देही : रुपन्देहीको देवदहमा अज्ञात समुहको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । आक्रमणमा परी मृत्यु हुनेमा देवदह नगरपालिका ५ सितलनगर का २० बर्षिय अनिस पुरी रहेका छन् ।
प्रहरीकाअनुसार मोटरसाइकलमा खैरेनीबाट भलुही तर्फ जाँदै गर्दा उनलाई बुद्वनगरमा अज्ञात समुहले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका पुरीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय युवाहरूका बीच देवदहमा जारि व्यापार मेलामा पटक पटक झगडा हुँदै आएको स्थानीयले बताएका छन् । आक्रमणमा सग्लनको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies