सिरहा : सिरहाको लहान नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।
पालिकाका ३५ सय ३९ बालबालिकालाई १३ प्रकारको खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख विन्देश्वर चौधरीले जानकारी दिए ।
\नगरको २४ वटै वडामा खोज अभियान सञ्चालन गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए ।
गत फागुन महिनादेखि यो अभियान सुरू गरिएको थियो । यस अभियानअन्तर्गत ३५ सय ३९ बालबालिकालाई १३ प्रकारको खोप लगाएको थियो ।
१६ देखि ५९ महिनासम्मका बालबालिकालाई खोप लगाएको छ । बिसीजी, डिपिटि, पोलियो, हेबि, एमआर, जेईलगायतका खोप लगाएको उनले बताए ।
हाल नगरपालिकामा २४ वटा वडाको १६ वटा स्वास्थ्य केन्द्रबाट खोप सेवा दिइएको थियो । स्वास्थ्य केन्द्रमा आउन नसकेका बालबालिकाहरूलाइ खोजेर खोप लगाइएको थियो । नगर प्रमुख चौधरीले भने,‘खोपको सुनिश्चितता भएपछि भविष्यमा लाग्न सक्ने रोगबाट बालबालिकालाई जोगाउन मद्दत पुग्ने पुग्नेछ ।’