२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने

Nada
२०८१ जेठ २३ गते १४:३९
Shares
कोशी सरकारविरुद्धको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने

काठमाडौं : कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वाेच्च अदालतको पूर्ण इजलासबाट हुने भएको छ ।

ncell

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति खारेजी र आफूलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको हो ।

बुधबार उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । अब जेठ २७ गतेबाट पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै धारा १६८ (५) अनुसार नै अर्को सरकार गठन आह्वान गरेका थिए ।

जसमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सभाका बहुमत सदस्यको समर्थन जुटाएपछि २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुखको सो निर्णयविरुद्ध निवर्तमान मुख्यमन्त्री कार्की सर्वोच्च गएका थिए ।

ताजा खबर

सम्बन्धित खबर