२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

माधवजीविरुद्ध भ्रष्टाचार मुद्दामा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ : प्रचण्ड

Nada
२०८२ जेठ २३ गते १६:२८
Shares
माधवजीविरुद्ध भ्रष्टाचार मुद्दामा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी)का माधवकुमार नेपालविरुद्धको भ्रष्टाचारको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन् । संसद् भवनमा शुक्रबारर पत्रकारहरूसँग कुराकानीमा अध्यक्ष दाहालले अदालतले माधव नेपालमाथि पक्कै पनि न्याय गर्ने आफ्नो विश्वास रहेको बताए ।

ncell

उनले भने, ‘कुरा के छ भने यस मामिलामा प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ एउटा प्रश्न जन्माएको छ । प्रधानमन्त्री र मन्त्रिपरिषद्को निर्णयको विषयमा अख्तियारको क्षेत्राधिकारभित्रभन्दा बाहिरको कुरा भएकोले ललिता निवासको प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन्, जे गर्नुछ त्यो क्याविनेटले नै गरोस भनेर चिठ्ठी लेखेको छ । मैले आँफैले नै त्यो चिठ्ठी हेरेको छु ।’

उनले भिजिट भिसा प्रकरणको एक–दुई दिनमै सकारात्मक ल्यान्डिङ हुने पनि बताए । अध्यक्ष दाहालले यस प्रकरणमा सरकारबाट भरपर्दो छानबिनको प्रतिबद्धता आए सदन चल्न सक्नेमा विपक्षी दलहरू सहमत भएको उल्लेख गरे ।

‘भरपर्दो छानबिन गर्ने गरी सरकारको प्रतिबद्धता आउन प¥यो भन्ने विपक्षी दलहरूको बैठकमा कुराकानी भयो,’ अध्यक्ष दाहालले भने, ‘एक–दुई दिनभित्र यो विषयको सकारात्मक ल्यान्डिङ हुन्छ ।’

त्यस्तै यस घटनामा विपक्षी दलहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने पनि उनले बताए । छानबबिन समिति कस्तो बनाउने भन्ने विषयमा भने एकमत नरहेको उनको भनाइ छ ।

‘सत्ता पक्ष छानबिन समिति बनाउनेमा सकारात्मक नै देखिन्छ । संसदीय समिति बनाउने कि पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउने भन्ने पनि छ । त्यस्तै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि समिति बनाउन हुन्न भन्ने पनि उहाँहरूको मत छ,’ दाहालले भने ।
 

ताजा खबर

सम्बन्धित खबर