२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

निःशुल्क स्वास्थ्य शिविरमा ३ सय बढीले लिए सेवा

Nada
सूर्यप्रसाद भुसाल
२०८२ जेठ १६ गते २०:५२
Shares
निःशुल्क स्वास्थ्य शिविरमा ३ सय बढीले लिए सेवा

अर्घाखाँची : सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङलामा दाँत, मुख सम्बन्धी रोगको निःशुल्क शिविर सम्पन्न भएको छ ।  

ncell

शिविरको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।  उनले स्थानीय नागरिकको माग अनुसार नगरपालिकाले आगामी वर्षको बजेट विनियोजन गर्ने बताए । श्रेष्ठले स्वास्थ्य क्षेत्रको विकासका लागि सन्धिखर्क नगरपालिकाले कम पुँजीमा धेरै कामहरु गरिरहेकाले यहाँका नागरिकलाई बाहिर जिल्ला उपचारका लागि जान नपर्ने गरी विशेषज्ञ सेवाका लागि अर्घाखाँची अस्पताललाई  विशेषज्ञ अस्पताल बनाउन पहल गरिएको बताए । 

अर्घाखाँची अस्पतालबाट दन्त सेवा नियमित संचालन गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । लुम्बिनी प्रादेशिक हेल्थ केयर कन्सल्टेन्सी प्रालिको सहजीकरण र सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको एक दिने निःशुल्क दाँत तथा  मुख रोग सम्बन्धी शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । 

शिविरबाट दाँत सम्बन्धी समस्या भएका वडा नम्बर ४ वासीहरू समेत लाभान्वित भएका छन् । शिविरमा दन्त परीक्षण, दाँतको एक्स–रे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरैदेखि उपचार, गिजाको उपचार, औषधी वितरण गरिएको थियो ।

शिविरमा आएका ३ सय जना सेवाग्राहीलाई  सेवा उपलब्ध गराउन सफल भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिकानन्द भुसालले बताए । 

दाँतको उपचार पद्धति अलि जटिल र महंगो रहेको गुनासो सुनिएकाले यसपल्ट  वडामै विशेषज्ञ डाक्टरसहितको निःशुल्क बृहत् दन्त शिविर गरेको वडा नम्बर ४ का जनप्रतिनिधि चोपनारायण श्रेष्ठले बताए ।

शिविरमा वडा नम्बर ४ का  मात्र नभई वडा नम्बर ५ र छत्रदेव गाउँपालिका वडा नम्बर २.३.६ का बिरामीले समेत सेवा लिएका थिए । 

uae

सम्बन्धित खबर