२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

Nada
२०८१ असार २५ गते १७:४३
Shares
पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौँ : एसीसी महिला एसिया कप २०२४ को तयारीमा रहेको नेपाली टोली श्रीलंकामा भएको अभ्यास खेलमा पराजित भएको छ । मंगलबार श्रीलंका डेभलपमेन्ट टीमसँग भएको खेलमा नेपाल ३३ रनले पराजित भएको हो ।

ncell

डेभलपमेन्ट टीमले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रनमात्र बनाउन सक्यो । निर्धारित २० ओभरमा डेभलपमेन्ट टीमले ११९ रन बनाएपछि खेल १५ ओभरमा झर्दा ९६ रनको लक्ष्य तय गरिएको थियो ।  वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । 

यही जुलाई १९ मा सुरु हुने एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र युएई छन् । समूह ‘बी’मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन् । नेपालले पहिलो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

महिला एसिया कप नेपाली टोलीमा ईन्दू बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट रहेका छन् ।  
 

ताजा खबर

सम्बन्धित खबर