२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

भरतपुर महानगरद्वारा ५४ संघ संस्थालाई कृषि सामग्री प्रदान

Nada
२०८१ असार २५ गते १५:२८
Shares
भरतपुर महानगरद्वारा ५४ संघ संस्थालाई कृषि सामग्री प्रदान

चितवन : भरतपुर महानगरपालिकाले यहाँका ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमकाबीच ती सामग्री हस्तान्तरण गरेका हुन् ।

ncell

महानगरको कृषि तथा व्यवसाय प्रवर्द्धन शाखामार्फत आर्थिक वर्ष २०८०/८१ को कार्यक्रमअनुसार कृषि यान्त्रिकीकरण तथा ढुवानी साधन खरिदमा ५० प्रतिशत अनुदानमा सामग्री हस्तान्तरण गरिएको शाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए । अनुदानमा चार वटा ट्याक्टर, छ वटा हाते ट्याक्टर (मिनिटिलर), धान, १२ वटा गहुँ काट्ने मेसिन (रिपर) हस्तान्तरण गरिएको हो ।

यस्तै धान तथा गहुँ झार्ने मेसिन (थ्रेसर) तीन थान, रोटाभेटर दुई थान, मकै छोडाउने मेसिन(कर्न सेलर) १७ थान, तोरी मिल तीन थान, मकै रोप्ने मेसिन (मेज प्लान्टर) तीन थान, घाँस टुक्र्याउने मेसिन (च्याफ कटर) आठ थान, राइस मिल दुई थान हस्तान्तरण गरिएको छ । मिल्क एनलाइजर छ थान, चिलिङ भ्याट दुई थान, तरकारी खेती गर्ने किसानका लागि बोलेरो दुई थान र तिनपाङ्ग्रे अटो दुई थान हस्तान्तरण गरिएको छ ।

महानगरपालिकाले रु एक करोड अनुदानमा ती सामग्री खरिद गरेर उपलब्ध गराएको पौडेलले जानकारी दिए । कार्यक्रममा महानगर प्रमुख दाहालले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायिकरण र उत्पादनको बजारीकरणका लागि सहयोग गर्दै आएको बताइन् । उनले भनिन्, “हामीले हरेक वर्ष कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आइरहेका छौँ । किसानको आवश्यकता पहिचान गरी महानगर अघि बढिरहेको छ”, उहाँले थप्नुभयो, “खडेरीका कारण सुख्खा क्षेत्र भएका ठाउँमा सिँचाइका लागि बोरिङ्सहित नारायणी लिफ्ट सिँचाइ आयोजनालाई नियमित सञ्चालन गर्ने प्रक्रियामा महानगर लागिपरेको छ ।”

महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनुदानमा कृषि सामग्री प्राप्त गर्ने संस्थाले ती उपकरणको उचित प्रयोग र व्यवस्थापन गर्नुपर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर