२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

औरहवामा निःशुल्क आँखा जाँच शिविर, १६७ जना लाभान्वित

Nada
शहबाज खान
२०८२ वैशाख २४ गते २०:२८
Shares
औरहवामा निःशुल्क आँखा जाँच शिविर, १६७ जना लाभान्वित

कपिलवस्तु : कपिलवस्तुको औरहवामा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ । कपिलवस्तुको बहादुरगञ्जमा अवस्थित छन्द काले बाबू नारायणी आँखा अस्पतालको आयोजना तथा कृष्णनगर नगरपालिका–१०, औरहवाका स्वास्थ्य तथा शिक्षा अभियन्ता फारुख अहमद खाँको सहकार्यमा निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर संचालन गरिएको हो ।

ncell

शिविरमार्फत १६७ जना आँखाका बिरामीहरूको परीक्षण गरिएको थियो । परीक्षण पश्चात आवश्यकताअनुसार बिरामीहरूलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको छ भने १५ जना मोतियाबिन्दुका बिरामीहरूको वैशाख २५ गते छन्द काले बाबू नारायणी आँखा अस्पताल, बहादुरगञ्जमा निःशुल्क शल्यक्रिया गरिने भएको छ ।

शिविरको समन्वय र व्यवस्थापनमा संलग्न स्वास्थ्यकर्मी सावित्रा केसीका अनुसार आँखाजस्तो संवेदनशील अंगको नियमित जाँच आवश्यक भए पनि आर्थिक वा भौगोलिक कारणले अस्पतालसम्म पुग्न नसक्ने वृद्धवृद्धा तथा सर्वसाधारणलाई लक्षित गरेर यो शिविर संचालन गरिएको हो ।

स्वास्थ्य तथा शिक्षामा विशेष रुचि राख्ने फारुख अहमद खाँले सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै अस्पताल प्रशासनसँग पहल गरेर शिविर सञ्चालन गरिएको जानकारी दिए । साथै, उनले यस्तो मानवीय सेवामा जुटेका छन्द काले बाबू नारायणी आँखा अस्पतालका चिकित्सक, प्रशासन र सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरेका छन् ।

uae

सम्बन्धित खबर