२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

पत्रकार महासंघ युरोप शाखाले मनायो विश्व प्रेस स्वतन्त्रता दिवस

Nada
भरत प्रधान
२०८२ वैशाख २१ गते २२:०२
Shares
पत्रकार महासंघ युरोप शाखाले मनायो विश्व प्रेस स्वतन्त्रता दिवस

लिस्बन : नेपाल पत्रकार महासंघ युरोप शाखाले एक कार्यक्रमकाबीच ३२औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।

ncell

शाखाले शनिबार भर्चुअल माध्यम ‘जुम’मार्फत शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो । 

सो अवसरमा सहभागी वक्ताहरुले प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौतीबारे धारणा राखेका थिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडाले विश्वभर कृत्रिम बौद्धिकताको चर्चा चलिरहँदा नेपाली पत्रकारिता भने जोखिम र चुनौतीपूर्ण ढंगबाट गुज्रनुपर्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरे । 

नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेको उल्लेख गर्दै खतिवडाले प्रवासमा रहेर पत्रकारिता गर्नु अझ कठिन र चुनौतीपूर्ण रहेको बताए । 

उनले प्रवासी नेपालीका समस्या, नेपाली समुदायका गतिविधि तथा दुई देशबीचको सम्बन्धलगायतका विषयलाई नेपालसँग जोड्दै पत्रकारितामा क्रियाशील रहन युरोपमा रहेका नेपाली पत्रकारहरूलाई आग्रहसमेत गरे । 

महासंघकी केन्द्रीय महिला सचिव सोनी शर्माले जोखिमका बीच पत्रकारिता गर्नुपर्ने बाध्यता रहेको बत(ाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एक भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

यस्तै महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले नेपालमा पत्रकारिताको वातावरण थप जटिल र असुरक्षित बन्दै गएका कारण कसरी सुरक्षित ढंगले पत्रकारिता गर्ने भन्ने चुनौती थपिएको बताए ।

शाखाका अध्यक्ष केजीन राईको अध्यक्षता, उपाध्यक्ष राजकुमार थापाको स्वागत तथा महासचिव शेरबहादुर परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा शाखाका संरक्षक पञ्चम अधिकारी, उपमहासचिव असिम लोप्चन, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दीपक भण्डारी, मुना सुनुवारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर