२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

ठगी कार्यमा संलग्न ५ जना बंगलादेशी नागरिक पक्राउ

Nada
२०८२ वैशाख १२ गते १३:०९
Shares
ठगी कार्यमा संलग्न ५ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौंः बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जना बंगलादेशी नागरिकहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ कालिमाटीडोल बस्ने बंगलादेश चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय महोम्मद मस्तफिजुर रेहमान, बंगलादेश चाँदपुर तोरागर हाजिगंज घर भएका ४१ वर्षीय महोम्मद फर्हद हुसेन चौध्री र बंगलादेश चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय अबु युसुफ एमडी हनिफ तथा काठमाडौं महानगरपालिका–८ गौशाला बस्ने बंगलादेश मागुरा मागुरासदर थाना बेरोइल ग्राम घर भएका ४७ वर्षीय मिल्तान भन्ने काजि सहताब हुसेन र बंगलादेश बागिरथ सदर थाना कान्दापरा घर भएका ४० वर्षीय अजिम मलिक रहेका छन् ।

उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया लगायतका मुलुकहरूमा पठाउन सहज हुने भनि एजेन्टमार्फत् पर्यटक भिसामा बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाइ प्रति व्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितहरूबाट ४५ हजार ५ सय अमेरिकन डलर लिइ सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शिव सताक्षी गेष्ट हाउसबाट पक्राउ गरेको हो । 

उनीहरूको साथबाट राहदानी १९ थान, मोबाइल ४ थान, अमेरिकन डलर ९ हजार ८ सय ५०, बंगाली टाका ३९ हजार ९ सय ५ र नेपाली रूपैयाँ २५ हजार समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर